माङसेबुङ, ९ पुष ।
बिहिबार खण्डग्रास सूर्यग्रहण लाग्ने भए पछि माङसेबुङ गाउँपालिकाले स्थानीय सार्वजनिक विदा दिएकाे छ । भाेलि पुष १० गते बिहान ८ बजेर ४२ मिनेट देखी ११ बजेर ३१ मिनेट सम्म खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएकाे छ ।
सूर्यग्रहणका कारण उक्त समयमा घर बाहिर जान हानिकारक हुने वैज्ञानिकहरूकाे सुझाव रहेकाे छ । ग्रहणबाट निस्कने विकिरण तथा नकारात्मक उर्जाले मानव शरिरमा प्रत्यक्ष नकारात्मक असर पर्ने भएकाेले बिहिबार सार्वजनिक विदा दिएकाे माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इघिङ्गाेकाे हस्ताक्षरीत सुचनामा उल्लेख गरिएकाे छ ।
गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, संघ संस्थाका कार्यालयहरू सबैका लागि स्थानीय विदा दिनका लागि सुचना जारी गरिएकाे छ ।


