दमक, १४ पुस ।
किरात काेयी/काेयु साेदेल राई किमकाे प्रथम एकताकाे अधिवेशनले १ नं. प्रदेश किरात प्रदेश नामकरण हुनु पर्ने माग राख्दै सम्पन्न भएकाे छ । आज साेमबार साेदेल किमले दमकमा पत्रकार सम्मेलन गरी १३ बुँदे दमक घाेषणा पत्र सार्वजनिक गर्दै एकताकाे अधिवेशन सम्पन्न भएकाे जानकारी गराएकाे हाे ।
दमक स्थित किरात भवनमा पुस १२ गते देखी सुरू भएकाे एकताकाे अधिवेशनले भूपी काेयी राईकाे अध्यक्षतामा १७ सदस्यी समिति नयाँ नेतृत्व चयन गरेकाे छ ।

दमक घोषणा-पत्रमा प्रदेश-१ लाई किरात प्रदेशको नामाङ्कनका लागि जोडदार माग गरिएको छ । त्यस्तैं, कोयी–कोयू राईहरुको एकीकृत बंशावली अध्ययन अनुसन्धानका लागि पञ्च बर्षिय योजना अनुसार कार्यआरम्भ गर्ने भएको छ । कोयी–कोयू राईहरुको मौलिक सीप, कला, संस्कृति जस्ता पहिचान झल्काउने विषयलाई संरक्षण र प्रवर्दनका निम्ति पहल गरिने छ।
घोषणपत्रमा कोयी-कोयू राईको आदीम थाकथलो खोटाङस्थित सोदेलमा संग्रालय स्थापना गरिने, मुन्धुमलाई विकास गर्न आगामी समयमा बिद्धान तथा जानकारहरुको छुट्टै समिति विस्तार गरिने, अन्तराष्ट्रिय स्तरको भेला गरिने, शब्दकोष, पाठ्यपुस्तक निर्माण गर्न खोज अनुसन्धान गरिने, जन्म, मृत्यू, विबाह, संस्कार, चाडपर्व र पुजा लगायतका कार्यमा एकरुपमता ल्याउने उल्लेख छ ।
त्यस्तैं, विश्वको भुभागमा छरिएर रहेका कोयी-कोयू राईहरुलाई सामाजिक सञ्जाल मार्फत जोड्ने, सुचना आदान प्रदान गर्ने, लगत संकलन गर्ने, २०७८ सालको राष्टिय जनगणनामा कोयी कोयू राईहरुले आफ्नो विबरणमा थर लेख्ने र आगामी दिनमा कोयी-कोयू राइको उद्गम स्थल खोटाङको सोदेलमा भव्य सम्मेलन गरिने दमक घोषणपत्रमा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा नव निर्वाचित अध्यक्ष भुमि कोयी राईले १७ सदस्सीय समिति गठन गरिएको र आगामी बैठकले समितिमा थप सदस्य विस्तार गरेर २१ सदस्सीय किरात कोयी–कोयू राई सोदेलकिम निर्माण गरिने बताए । उनले राईभित्र कोयी कोयूको संख्या अत्यन्तै न्यून रहेको बताए । राईभित्र चाम्लिङ, बान्तवा, कुलुङ लगायतको तुलनामा कोयी कोयू राईहरु न्यून छ, अध्यक्ष राईले भने ।
सो अवसरमा नव गठित समितिका महासचिव भीमराज राईले भाषिक, साँस्कृतिक र मौलिक दृष्ट्रिकोणले कोयी-कोयू राईहरु सुसम्पन्न भएको बताए ।
पत्रकार सम्मेलनमा किरात कोयी–कोयू राई सोदेलकिमका अध्यक्ष भूपि कोयी राई (सुनसरी), द्धयउपाध्यक्ष अमृत बहादुर राई (इलाम), महासचिव भीमराज राई (झापा कमल), कोषाध्यक्ष सरन राई (दमक झापा), सदस्य ध्रुव राई, भगिन्द्र राई र निवर्तमान उपाध्यक्ष नन्दराज राईको उपस्थिति थियो ।

गत शनिबार किरात राई यायोकखाका केन्द्रीय अध्यक्ष दिवस राईले अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा कोयी–कोयू राईबाट प्रदश सदस्यमा निर्वाचित झापा क्षेत्र नं ५ बाट निर्वाचित सांसद अर्जुन राई र धनकुटा क्ष्ँेत्र नं २ बाट निर्वाचित सासद बिनादेखी कोयू राईको उपस्थिति रहेको थियो ।
अधिवेशनमा बेलायत, हङकङ, अमेरिका, भुटान, भारतसहित काठमाण्डौ, भत्तपुर, ललितपुर, धनकुटा, खोटाङ, भोजपुर, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरका ५ सय बढी सहभागि र १२० जना प्रतिनिधि तथा पर्यवेक्षकहरुको कोयी–कोयू राईहरुको सहभागिता थियो ।


