भूमिका सुब्बा, इलाम ।
नेपाललाई हालसम्म पुरुष प्रधान देश भनेर नै चिनिने गर्दछ । महिला अधिकारका कुराहरु उठिरहेका छन् । तुलनात्मक रुपमा पहिलेको भन्दा केही परिवर्तन भएको पाउँन सकिन्छ । यहि कुरालाई जोड दिदै छोरी मान्छे पनि घुम्नु पर्छ , आफ्नो ठाउँ, आफ्नो देश लाइ चिन्नु पर्छ र विभिन्न ठाउँका सामाजिक तथा प्राकृतिक रुप्मा निम्तिएका समस्यामा मलमपट्टी गर्नु पर्छ भन्ने भावनाले पुष्पा चौहानले एक फेसबुक पेजको निर्माण गरे ।

अ वनडर गर्ल नामक फेसबुक पेज निर्माण गरी सामाजिक काममा हाम्रो पनि सहभागीता भनेर सामाजिक काममा अघि बढे ।
भर्खरैमात्र अ वनडर गर्लले इलामकवो सन्दकपुर गाउँपालिका वडा नं. १ को आलुबारी र अधिकारीबासमा जाडोमा न्यानो कपडा वितरण गरेको छ ।
गत मंसिर महिनामा खोलिएको उक्त पेजको सञ्चालिका पुष्पा चौहानले सुरुको पहिलो महिना इलामको पर्यटकीयस्थल सन्दकपुरमा स्थलगत भ्रमण गरेकी थिइन् । त्यही भ्रमणको क्रममा उनले देखेका त्यहाँका समस्यालाई कम गर्न गत पुष २६, २७ , र २८ गते सन्दकपुर गाउँपलिकाको प्राबिधिक सहयोगमा कपडा वितरण गरेको हो ।

केही दाताहरुको आर्थिक सहयोग साथै रोडट्रयाक क्लब अफ बिर्तामोड मिडटाउन, राउण्ड टेबल बिर्तामोड २७ को सहयोगबाट संकलन भएको ब्ल्यांङकेट, सुईटर र लताकपडा वितरण गरिएको यस प्रोजेक्ट कि प्रोजेक्ट लिडर पुष्पा चौहानले बताइन् ।
गरिब र निम्न वर्गका मानिसलाई यस चिसोमा सहयोग गर्न पाउदा एकदमै मन आनन्द भएको चौहानलाई वितरणमा सहयोग पुराउन उनिसंगै आधिकारीबास पुगेकी स्वम्सेविका स्वछ्या बानियाँ बताउछिन् ।
आगामी दिनमा पनि ‘अ वन्डर’ गर्ललाई यस्ता सामाजिक र समाज परिवर्तनका काममा निस्वार्थ सहयोग अनि साथ दिने अर्की स्वयमसेविका बिनिता चौहान बताउछिन् ।

