adv

माघे सन्क्राती सत्यहाङमा शान्ति मेला सम्पन्न (फोटो फिचर सहित)

इलाम ।

माघे सक्राती सत्यहाङमा शान्ति मकर मेला खत्रक्पा र फुलुङ्गीमा यस बर्ष पनि भब्य रुपमा सम्पन्न भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङको प्रमुख आतिथ्यमा, पुर्वराज्य मन्त्री बेनुप प्रसाइ, झापा क्षेत्र नम्बर १ माननीय एलपि सावा, देउमाइ नगरपालिकाका मेयर, माइ नगर, मस्ङ्सेबुङ गाउपालिकाका प्रमुख उपप्रमुखहरुको उपस्थितिमा सप्पन्न भएको हो ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द ज्ञान सिद्व भूमि खत्रक्पा र वर्तमान किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको तपोभूमि फुलुङगीमा साता दिने मकर मेला र विशेष येत् नाम्धुङ लधुङ सेमी सेवा, विश्व शान्ति तथा मानव एकताका लागि बिषेश सेवा, सावायेहाङ आप्लुङ्गेन ताङ्सेप सेवा, समेत भएको थियो ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङ

कार्यक्रममा माननीय एलपि सावा, बिशेश अतिथि प्रसाईं र प्रमुख अतिथी नेम्बाङ्ले मेलाको सम्बोधन गरेकोथियो । आजै फुलुङ्गी स्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देन सेइङ ज्युले साधना गर्नुभएको स्थलमा माङ्हिम निर्माण गर्नुपर्ने भएकोले प्रमुख अतिथिले ढुङ्गा गाडेर शिलान्यास गरे । प्रमुख अतिथी नेम्बाङले बाटो घाटोका लागि आवश्यक बजेट छुट्याउने आश्वासन समेत दिए । कार्यक्रममा १ लाख ८ हजार ८ सय आठ दीप प्रज्वलनको उद्घाटन किरात धर्मगुरुदाम्पतीले गर्नुभएको थियो ।

यस्तै फुलुङ्गी गुफाडाडामा पनि सोही समयमै १ लाख ८ हजार ८ सय ८ दिपप्रज्वलन भयो । किरात धर्मगुरुले भन्नुभयो यो माघे सक्राती मेलाले सबैमा शान्ति र सुब्याबस्था कायम राख्दै आपसी मेलमिलाप भातृत्व कायम राख्ने व्यक्त गर्नुभयो । उहाले यस क्षेत्र किरात धर्मवलम्बिको मात्रै होइन सबै धर्मावलम्बीले आफ्नो आस्था अनुसारको शक्तीपिठका लागि आआफ्नो सस्कार सस्कृती धर्म झल्काउने खालका संरचना गर्न आग्रह गर्नुभयो ।

जगत बहादुर लाओतीको अध्यक्षतामा सम्पन्न मेलामा भारत, अमेरिका, बेलायय, हङकङ, बर्मालगायत नेपालका विभिन्न मुलुकमा रहेका हजारौं महानुभावहरुको उपस्तिथि रहेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु