adv

मुटुरोगी सुमित्रा राईकाे सहयोगको याचना

सुनसरी । 
मुटुरोगी सुमित्रा राई यतिबेला आफ्नो मुटुकाे उपचार गर्नका लागि अार्थिक सहयोगको याचना गरिरहेकी छिन् । धनकुटा शहिदभुमी गाउँपालिका साबिक खोकुका २४ वर्षिया राई धरान उपमहानगरपालिका वडा नं. १६ मा बसोबास गर्दै आएकी छिन् । केही समय अघि देखी सहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा राईले मुटुको उपचार गराउदै आएकी छिन् ।
डाक्टरका अनुसार मुटुको भल्भको अपरेसन यही माघ २८ गते गर्नु पर्ने जसका लागि परिवारको आर्थिक अवस्था कमजोर भएकोले सहयोगी हातहरुको अपेक्षा गरिएको छ । यति बेला अार्थिक सहयाेग जुटाउनका लागि दक्षिण काेरियामा पूर्ण किराती राईले अभियान चलाइरहेका छन् । काेरियामा रहनुभएका सहयाेगी मनहरूका लागि अाइ.वि.के. बैंक काेरियाकाे खाता नं. ६१९०२४८४३०१०२१ मा सहयाेग रकम जम्मा गर्न सकिनेछ ।
नेपालमा भने बिरामी सुमित्रा राईकाे नाममा राष्ट्रिय वाणिज्य बैंक धरान शाखामा रहेका खाता नं.  २१६००२७६२४१० मा रकम जम्मा गरी सहयाेग गर्न सकिनेछ । बिरामीकाे बारेमा थप जानकारी लिनकाे लागि सुमित्रा राईकाे सम्पर्क नम्बर ९८०४०२२५६७ मा सम्पर्क गर्न सकिनेछ ।
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु