adv

प्रदेश १ मा स्विट्जरल्याण्ड सरकारले एक अर्ब अनुदान दिने

विराटनगर, ३ माघ ।

प्रदेश १ को विकासमा स्विट्जरल्याण्ड सरकारले एक अर्ब अनुदान दिने सहमति पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार अर्थमन्त्री डाक्टर युवराज खतिवडाको उपस्थितिमा विराटनगरमा सहमति पत्रमा हस्ताक्षर भएको हो ।

राजधानी बाहिर पहिलो पटक भएको द्विपक्षीय अनुदान सम्झौतामा नेपाल सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र स्विट्जरल्याण्डकी राजदूत एलिजावेद वन काप्लरले हस्ताक्षर गरे ।

सम्झौता अनुसार स्विट्जरल्याड सरकारको १ अर्ब अनुदान गर्नेछ । जसमा प्रदेश सरकारको २० करोड थप गरी रणनीति निर्माणमा खर्च गर्नुपर्नेछ । अनुदान रकम चार वर्षभित्र खर्च गरिसक्नुपर्नेछ ।

मुख्यमन्त्री शेरधन राईले दुई वर्षयता बनाउने भन्दै आएको ‘चिफ मिनिस्टर ड्यास बोर्ड’ पनि सोही अनुदानबाट बनाइने छ । प्रदेश १ का सबै स्थानीय तहसँग सिधा सम्पर्कका लागि मुख्यमन्त्रीले ‘चिफ मिनिस्टर ड्यास बोर्ड निर्माण गरिनेछ ।

प्रदेश सहयोग कार्यक्रमले प्रदेशको समता मुलक विकास र सार्वजनिक सेवा प्रवाह, नीति निर्माण र भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्नेछ ।

अनलाइनखबरबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु