adv

सावायेहाङ खिवेक्वा याक्वा सेवाको तयारी पूरा

माङसेबुङ ।

सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा माङवा–हाङवा वितरण समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । इलामको माङसेबुमा बर्षेनी माघ ५ र ६ गते आयोजना हुने सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा माङवा–हाङवा वितरण समारोह यस बर्ष पनि आयोजना गरिने भएकोले उक्त समारोहको सम्पूर्ण तयारी पूरा भएको हो ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ज्यूहरुको देवसमुस्थितिमा सम्पन्न हुने धार्मिक समारोह अन्तर्गत माघ ५ गते समुदघाटन कार्यक्रम हुने मुल समारोह समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

यसरीनै माघ ६ गते किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेईङ’ ज्यूको अमृतमय आशिर्वचन, माङवा–हाङवा वितरण र साँझ विश्व शान्ति तथा मानव एकताको कामना गर्दै एक लाख आठ हजार दिप प्रज्वलन गरिने अध्यक्ष योङहाङले बताए ।

उनले मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक–पुस्तिका विमोचन, मिम्जीरेन मिक्तोक वितरण समेत गरिने बताए ।

कार्यक्रममा किरात साम्यो साक्थिमगेन मुजोलुङ पान्जुम्भोको केन्द्रीय कलाकारहरुको प्रस्तुतिमा साथै गायिका थोकफेला लिङदेन, गायकहरु राजु आङदेम्बे, इन्द्रशुसिल चोङबाङ, जेपी नेम्बाङ लागायको साँस्कृतिक तथा सांगितिक कार्यक्रम समेत हुने भएको छ । यसैगरी थोकफेला गार्मेन्टको प्रस्तुतिमा भेषभूषा प्रदर्शनी समेत गरिने भएको छ ।

खिबेक्वा याक्वा सेवा अर्थात उभौली पर्व बिशेष गरेर प्रकृति पूजक किरातीहरुले अन्नवालीको विउ विजन छरपोक गर्नु पूर्व किट पतंग नलागोस अन्नवाली सप्रियोस भन्नका लागि सेवा गरिने पर्वको रुपमा मनाइने पर्व भएकोले बर्षेनी माघ ५ र ६ गते मनाउदै आईरहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा भारत, भूटान, बर्मा, अमेरीका, बेलायत, हङकङबाट समेत ठूलो संख्यामा किरात धर्मावलम्वीका साथै अन्य धर्मका अनुयायीको समेत उपस्थित हुने आयोजकले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु