adv

समाजवादी पार्टीका सहप्रवक्ता रिजाल सहित ४० बढि नेकपामा प्रवेश

काठमाडौं ।

संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्यसहित ४० बढी नेता कार्यकर्ता नेकपा प्रवेश गर्ने भएका छन् । पार्टीका केन्द्रीय सदस्य एवं सह प्रवक्ता रामप्रसाद रिजाल सहित ४० बढीको संख्यामा आज नेकपा प्रवेश गर्न लागेका हुन् ।

श्रोतका अनुसार उनीहरुलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टीका वरिष्ठ नेता माधव नेपाल लगायतले पार्टी प्रवेश गराउनेछन् ।

‘पार्टी प्रवेश कार्यक्रम आज अपरान्ह ४ बजे खुमलटारमा राखिएको छ, प्रचण्डसहित माधव नेपाल लगायत नेकपाका अन्य नेताहरूले हामीलाइ स्वागत गर्ने भनिएकाे छ,’ पार्टी परित्याग गर्न लागेका एक नेताले खबरमञ्चसंग भने ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु