उर्लावारी, ११ माघ ।
समाजवादी पार्टी उर्लाबारी नगर समितीको समायोजनको कार्य सम्पन् भएकाे छ । समायाेजन कार्यक्रमले मातृका धिमालकाे अध्यक्षतामा ४१ सदस्यी नगर समिति निर्माण गरेकाे हाे ।

समितिकाे उपाध्यक्षमा भक्तिराम अधिकारी, शमशेर लिम्बु, साबित्रा याक्खा रहेका छन् । समायाेजन कार्यक्रमले सचिवमा राधिका नेपाल, सहसचिवमा काजिमान पाैडेल, काेषाध्यक्षमा बबिता दनुवार, सदस्यहरूमा सुर्य माझि, जेनिथ लिम्बु लगायत रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी समाजवादी पार्टी केन्द्रीय सदस्य तथा प्रदेश न १ का संसदीय दलका नेता मान्य श्री जयराम यादबकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य लाेकसागर साम्बा, संघीय परिषद सदस्य केदार धिमाल, प्रदेश न १ सदस्य विशाल आङदेम्बे, मनोहरी दाहाल, मोरङ जिल्ला उपाध्यक्ष केशरमान गुरुङ, सचिब राछामे किराती लगायतकाे उपस्थिति रहेकाे थियाे ।
बाङगाई धिमालकाे अध्यक्षतामा भएकाे कार्यक्रम भक्तिराम अधिकारीले सञ्चालन गरेका थिए ।

