adv

माङसेबुङमा वडास्तरीय महिला फुटबल र वडास्तरीय पुरुष भलिबल आजदेखी सुरु

माङसेबुङ ।

माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा वार्षिक रुपमा सञ्चालन हुदै आएको वडास्तरीय महिला फुटबल प्रतियोगिता र वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । आज बुधबार देखी माङसेबुङ गाउँपालिका वडा नं. २ को डोलटार खेलमैदानमा सुरु भएको हो ।

आज भएको महिला तर्फको पहिलो खेलमा वडा नं. २ र वडा नं ३ बीच भएको थियो । निर्धारित समयमा दुवै टिमबाट गोल गर्न नसकेपछि नतिजाको लागि खेल ट्राइवेकरमा धकेलिएको हो । ट्राइवेकरमा वडा नं. २ ले ३–२ को नतिजा निकाल्दै दोस्रो चरणको यात्रा तय गरेको हो । वडा नं. २ ले दोस्रो चरणको यात्रा तय गरेसँगै वडा नं. ३ भने बाहिरिएको छ ।

यस्तै अन्तर वडा स्तरीय पुरूष भलिबल प्रतियोगितामा वडा नं. ६ ले पहिलो सेटमा २५–१९ भने दोश्रो सेटमा २५–६ को फराकिलो अन्तरले ले वडा नं. १ खेलबाट बाहिरीएको थियो । माङसेबुङ गाउपालिकाको आर्थिक वर्ष ७६÷७७ का लागि ११ लाख ४० हजार विनियोजित खेलकुद शिर्षक अन्तर्गत बिहिबार फूटबलतर्फ वडा नं. १ र ६ विच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने महिला फुटबल प्रतियोगिताबाट गाउँपालिकास्तरीय महिला फुटबल खेलाडी छनौट समेत गरिने माङसेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्रविक्रम खजुमले बताए ।

माङसेबुङमा बर्षेनी सञ्चालन हुने पबित्रहाङमा कपमा गाँउपालिकाले अनिबार्य सहभागी गराउने भएकोले राम्रा खेलाडीहरुलाई सोही खेलबाट छनोट गरी अवसर दिने आयोजक समितिका सचिव धड्कन सङबाङफेले बताए । सचिव सङबाङफेले भलिबल खेल विकासको लागि भलिबल खेलको आयोजाना गरिएको बताए । उनले फुटवल तर्फ प्रतेक खेलको फेयर ८ हजार र भलिवल तर्फ प्रतेक खेलको फेयर २ हजार प्रदान गरिने बताए ।

माङसेबुङ गाउपालिका अध्यक्ष डिकेन्द्र इधिङगोको प्रमुख अतिथ्यतामा भएको उद्धघाटनमा उपाध्यक्ष सुनिता सुव्वा, माङसेबुङ गाउँपालिका वडा नं. ३ का अध्यक्ष मैतराज राई, वडा नंं ६ का अध्यक्ष प्रदिप राई लगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा फुटवल तर्फ विजेताले नगद पुरस्कार २५ हजार र उपविजेताले नगद पुरस्कार २० हजारको साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछ । भलिवल तर्फ विजेताले नगद पुरस्कार ३० हजार र उपविजेताले नगद पुरस्कार २५ हजारको साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछ । दुबै खेलको फाइनल खेल माघ २० गते हुनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु