माङसेबुङ ।
माङसेबुङमा जारी वडा स्तरीय महिला फुटबल प्रतियोगिता अन्तर्गत आज बिहिबार वडा नं. ६ विजयी भएको छ । वडा नं. १ लाई ० का विरुद्ध २ गोलको नतिजा निकाल्दै वडा नं. ६ ले आफ्नो सेमिफाइनल खेलयात्रा पक्का गरेको हो ।

खेलको १३औं मिनटमा वडा नं. ६ को तर्फबाट जर्सी नं. २५ का पुजा राईले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । वडा नं. १ले खेलको पहिलो हाफसम्म १ सुन्यको नतिजा कायम राख्न सफल भएको थियो । खेलको दोस्रो हाफमा पुनः वडा नं. ६ का खेलाडी जर्सी नं. ११ का सुमिता राईले अर्को गोल गर्दै नतिजालाई दोब्बर बनाएको हो । नतिजा दोब्बर बनाएसँगै वडा नं. ६ ले नतिजा आफ्नो पोल्टामा पारेको हो । खेलको म्यानअफदि म्याच माङसेबुङ १ का समिक्षा लिम्बु घोषित भएकी थिइन् ।
सेमिफाइनलमा वडा नं. ६ ले वाइ पारेर सेमिफाइनलसम्मको याात्रा सुरक्षित गरेको वडा नं. ५ को सामना गर्नेछ । वडास्तरीय महिला फुटबल प्रतियोगिता अन्तरर्गत भोलि शुक्रबार १ बजे देखी पहिलो सेमिफाइनल खेल सुरु हुनेछ । पहिलो सेमिफाइनल खेल वडा नं. २ र वडा नं. ४ बीच हुने समितिका सचिव धडकन सम्बाहाम्फेले जानकारी दिए ।

महिला फुटबल खेलका लागि प्रति खेल ८ हजार फेयर रकम प्रदान गरिने बताइएकाे छ । प्रतियाेगितामा प्रथम हुनेले नगद ३० हजार सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलकाे दाेस्राे स्थान हासिल गर्ने टिमले २० हजार नगद सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
वडास्तरीय पुरूष भलिबल खेलमा प्रति खेल २ हजार फेयर रकम प्रदान गरिने बताइएकाे छ । प्रतियाेगितामा प्रथम हुनेले २५ नगद हजार सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलकाे दाेस्राे स्थान हासिल गर्ने टिमले २० हजार नगद सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
माङसेबुङ खेलकुद विकास समितिलेकाे अायाेजनाा हुने महिला फुटबल प्रतियाेगिताबाट गाउँपालिकास्तरीय महिला फुटबल खेलाडी छनाैट समेत गरिने माङसेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए । अन्तरवडा महिला फुटबल खेल सञ्चालन गरी गाउँपालिका स्तरीय खेलाडी छनौट गरी पबित्रहाङमा गोल्ड कपमा सहभागी गराइने बताएका छन् ।
माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा वार्षिक रुपमा सञ्चालन हुदै आएको छ । बुधबार देखी जारी प्रतियोगिता माङसेबुङ गाउँपालिका वडा नंं. २ को डोलटार खेलमैदानमा भइरहेको छ । ।

