adv

अमूल्य जीवन बलिदान गर्ने सहिदको योगदान सधैँ स्मरणीय–मुख्यमन्त्री राई

विराटनगर ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ अमूल्य जीवन बलिदान गर्ने सहिदको योगदान सधैँ स्मरणीय रहने बताएका छन् ।

सहिद दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले सबैखाले आन्दोलन सफल बनाउन वीर सपुतको बलिदानी रहेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री शेरधन राई । फायल तस्वीर

‘स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान् शहीदको योगदान सधैँ स्मरणीय रहनेछ,’ मुख्यमन्त्री राईद्वारा जारी सन्देशमा भनिएको छ, ‘आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा उच्च सम्मान अर्पण गर्दछु ।’

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयन गर्दै देशलाई समृद्ध बनाउन सहिदको सपना तथा योगदान सधैँ प्रेरणादायी हुने सन्देशमा जनाइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु