माङसेबुङ, १९ पुष ।
इलामको माङ्सेबुङमा किरात ज्योतिषविद रनधाेज नेम्बाङको १०३ औ जन्मजयन्ती मनाइएको छ । किरात खाइक थोबोजुम माङ्सेबुङ तुम्जुम पान्जुम्भोको आयोजनामा किरात सम्जिक निसामहिमको सभाहलमा नेम्बाङकाे जन्मजयन्ती मनाइएकाे हाे ।

किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोको कोषाध्यक्ष प्रकाश सावदेनको प्रमुख अतिथ्यमा सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि सावदेनले भने– स्व. नरध्वोज नेम्बाङले किरात खाइक ( ज्योतिष ) लाइ लिपि बद्द गरेर किरात ज्योतिष क्षेत्रमा अध्ययन र अध्यापन गर्ने गराउनेहरुको लागि एउटा कोषेढुङगा साबित भएको छ । कार्यक्रममा सबैले स्व. नेम्बाङले पुर्याएकाे याेगदानका बारेमा चर्चा गरेकाे थियाे ।
किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोको कोषाध्यक्ष प्रकाश सावदेनको प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बिशेष अतिथी किरात साम्जिक निसामहिम ब्यवस्थापन समितिका अध्यक्ष देउकुमार आङ्देम्बे माङ्सेबुङ गाउपालिका वडा ५ का सदस्य पबित्र तुम्बाहाम्फे लगायतले मन्तव्य राखेका थिए ।
किरात खाइक थोबोजुम माङ्सेबुङ तुम्जुम पान्जुम्भोको आयोजनामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सन्च सम्बाहाम्फे र औचित्य मन्तव्य ललितचन्द्र फियाकले राखेको थियो । इन्द्र आङ्देम्बेको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रम नन्द सेर्माले संचालन गरेका थिए ।

