adv

माङसेबुङमा वडा स्तरीय महिला फुटबल प्रतियाेगिता सञ्चालन हुने

माङसेबुङ, इलाम । 

माङसेबुङमा बर्षेनी सञ्चालन गर्दै आएको अन्तर वडास्तरीय महिला फुटबल र वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएकाे छ । माघ १५ गते देखी सुरू हुने उक्त प्रतियाेगिता माङसेबुङ गाउँपालिका वडा नं. २ स्थित डाेलटार खेलमैदानमा हुने जनाएकाे छ ।

महिला फुटबल खेलका लागि प्रति खेल ८ हजार फेयर रकम प्रदान गरिने बताइएकाे छ । प्रतियाेगितामा प्रथम हुनेले ३० नगद हजार सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलकाे दाेस्राे स्थान हासिल गर्ने टिमले २० हजार नगद सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

त्यस्तै वडा स्तरीय पुरूष भलिबल खेलमा प्रति खेल २ हजार फेयर रकम प्रदान गरिने बताइएकाे छ । प्रतियाेगितामा प्रथम हुनेले २५ नगद हजार सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलकाे दाेस्राे स्थान हासिल गर्ने टिमले २० हजार नगद सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

माङसेबुङ खेलकुद विकास समितिलेकाे अायाेजनाा हुने महिला फुटबल प्रतियाेगिताबाट गाउँपालिकास्तरीय महिला फुटबल खेलाडी छनाैट समेत गरिने माङसेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए ।
अन्तरवडा महिला फुटबल खेल सञ्चालन गरी गाउँपालिका स्तरीय खेलाडी छनौट गरी पबित्रहाङमा गोल्ड कपमा सहभागी गराउने खेलकुद समितिका सचिव ढडकन सम्बाहाम्फेले बताए ।

Advertise Expired !

2 thoughts on “माङसेबुङमा वडा स्तरीय महिला फुटबल प्रतियाेगिता सञ्चालन हुने

Leave a Reply

सम्बन्धित शीर्षकहरु