adv

नेवा-ताम्सालिङ माग्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं, २१ पुष ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश नम्बर ३ को नामाकरण बागमती प्रदेश राख्ने निर्देशन दिएपछि सो निर्णयको विरोधमा सोमबार काठमाडौंमा प्रदर्शन भएको छ । समाजवादी पार्टी, नेवा-ताम्सालिङ प्रदेश समिति लगायत राजनीतिक र जातीय संस्थाहरुले नेकापाको सो निर्णयको विरोधमा काठमाडौंस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले बागमती प्रदेश चाहिँदैन, पहिचान मेट्न पाइँदैन भन्दै नारावाजी समेत गरे । प्रदर्शनमा नेपाल तामाङ घेदुङ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा लगायत जातीय संस्थाले ब्यानर सहित सहभागी भएका थिए । नेपाल आदिवासी जनजाति महासंघ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको प्रदर्शनमा पहिचान र ऐतिहासिकताको आधारमा प्रदेश ३ को नामाकरण नेवा-ताम्सालिङ राख्नुपर्ने माग गरिएको थियो ।

नेकपा नेता एवम् पूर्व राजदूत कमानसिंह लामा लगायत अगुवाहरुले सम्बोधन गर्दै बागमती नदीले पहिचानलाई सम्बोधन गर्न नसक्ने भन्दै बागमती प्रदेशको विरोध गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु