दमक ।
परिश्रममा विश्वास गर्ने एक प्रमी र विलासी मायामा जिउन चाहाने प्रेमीबीचको कथालाई चित्रण गर्ने प्रयास गरिएको सर्टमुभि भ्यालेन आज आइतबार सार्वजनिक भएको छ ।
निरन साम्पाङको लेखन तथा निर्देशनमा तयार भएको सर्टमुभिमा सञ्चारकर्मी देशराज नेम्बाङ र गायीका कौशिला खेवाको अभिनय रहेको छ । अभिनेता देशराज नेम्बाङ लामो समय देखी झापामा सञ्चार क्षेत्रमा क्रियाशिल रहेका छन् । सञ्चार क्षेत्रसँगै नेम्बाङले अभिनय यात्रामा समेत डेव्यु गरेका छन् ।

लेखक तथा निर्देशक निरन साम्पाङ मौलिक टिभिका क्यामरा पर्सन र दृष्य सम्पादकको रुपमा कार्यरत रहेका छन् । सञ्चार जगतसँगै दमकमा समदर्शी टेक्निकल इन्स्टिच्यूट सञ्चालन गरि शिक्षा क्षेत्रमा समेत योगदान गर्दै आएको छ ।
मौलिक टिभि युट्युब च्यानलबाट सार्वजनिक भएको सर्टमुभि मौलिक टिभिको निर्माणमा बनेको हो ।
भिडियो हेर्न यस लिङ्कमा जानुहोस ।

