adv

माङसेबुङ अपडेट: पुरूष भलिबल खेलमा वडा नं. २ र ६ फाइनल प्रवेश

माङसेबुङ, १९ माघ ।

माङसेबुङमा जारी वडास्तरीय पुरूष भलिबल खेलमा वडा नं. २ र वडा ६ फाइनल प्रवेश गरेको छ । आज आइतबार भएको दुई सेमिफाइनल खेलमा वडा नं. ६ र वडा नं. २ विजयी हुदै फाइनल उपाधि नजिक पुगेको हो । पहिलो समेमिफाइनल खेलमा वडा नंं ६ ले वडा नं. ३ लाई २२–२५ र २३–२५ को सोझो सेटमा वडा नं. ३ लाई पाखा लगाएको हो । खेलको म्यान अफ दि म्यास वडा नं. ३ का श्रीप्रसाद लिम्बु घोषित भएका थिए ।


त्यस्तै वडा नं.२ ले वडा नं. ५ लाई १०–२५ र १७–२५ को फराकिलो अन्तरले पाखा लगाएको हो । खेलको म्यान अफ दि म्याच वडा नं. ५ का दिपसागर लिम्बु घोषित भए । फाइनल खेल भोलि २० गते ११ बजे देखी हुने जनाएको छ ।

माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हरेक वर्ष सञ्चालन हुदै आएको वडास्तरीय पुरूष भलिबल प्रतियोगिताको फाइनल खेल वडा २ र वडा ६ नै प्रवेश गरेको छ भने वडास्तरीय महिला फुटबल प्रतियोगितामा पनि वडा नं. २ र वडा नं. ६ नै पुगेको खेलकुद समितिका सचिव ढडकन सम्बाहाम्फेले बताए ।

वडास्तरीय पुरूष भलिबल खेलमा प्रति खेल २ हजार फेयर रकम प्रदान गरिने बताइएको छ । प्रतियोगितामा प्रथम हुनेले २५ नगद हजार सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलको दोस्रो स्थान हासिल गर्ने टिमले २० हजार नगद सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

यस्तै महिला फुटबलमा बिजेताले ३० हजार, उपबिजेताले २० हजार ट्रफी म्याडल प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिता माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा वार्षिक रुपमा सञ्चालन हुदै आएको छ । बुधबार देखी जारी प्रतियोगिता माङसेबुङ गाउँपालिका वडा नंं। २ को डोलटार खेलमैदानमा भइरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु