सुसन रुङमाहाङ, माङसेबुङ ।
माङसेबुङमा जारी वडास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि वडा नं.६ ले चुमेको छ । सोमबार भएको फाइलन खेलमा वडा नं. २ लाई पराजित गर्दै वडा नं. ६ ले फाइलको उपाधि आफ्नो कब्जामा पारेको हो ।

फाइलन खेलको पहिलो हाफसम्म गोल रहित बराबरी खेलेको थियो । निकै प्रतिस्पर्धात्मक रहेको फाइनल खेलको दोस्रो हाफमा वडा नं. ६ का जर्सी नं. ११ सुमिता राईलाई डिबक्स एरिया भित्र फल्ड गराए पछि पेनाल्टीको अवसर पाएको थियो । वडा नं. ६ ले पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै १–० को नतिजाले टिमले अग्रता लिएको थियो । खेलमा निर्णयक गोल त्यहि पेनाल्टीबल हुन पुग्यो ।

उपाधिसँगै नगद ३० हजार सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गरेको थियो भने दोस्रो स्थानमा चित्त बुझाएको वडा नं. २ ले नगद २० हजार सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिता भरी सवोत्कृष्ट खेलाडी वडा नं. २ का विनिता राई घोषित भइन् । साथै उदयीमान खेलाडी वडा नं. २ का सुमन्ता राई, सवोत्कृष्ट किपिङमा वडा नं. ६ का सविना राई, सवोत्कृष्ट डिफेन्डर वडा नं. ६ का शिला राई र सर्वाधिक गोलकर्ता वडा नं. ६ का पुजा राई घोषित भएका थिए । उनिहरुलाई नगद सहित प्रमाण–पत्र, म्याडल प्रदान गरिएको थियो ।

ग्रामिण क्षेत्रमा खेलकुद विकासका लागि गाउँपालिकाको आर्थिक सहयोगमा तथा माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

वडास्तरीय महिला फुटबल प्रतियोगिता सम्पन्नसँगै गाउँपालिका स्तरीय खेलाडी समेत छनौट गरिएको छ । छनौट गरिएको गाउँपालिका स्तरीय खेलाडीहरु माघ २३ गते देखी सुरु हुने पवित्रा हाङमा कपमा सहभागि हुनेछन् । माङसेबुङ खेलकुद विकास समितिका महिला खेलाडीहरुले माघ २४ गते माउण्ट एभरेष्ट स्पोर्टीङ क्लब सुनसरीको सामना गर्ने खेलकुद समितिका सचिव धडकन सम्बाहाम्फेले बताए ।








