माङसेबुङ ।
माङसेबुङमा जारी वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं. २ ले कब्जा गरेको छ । सोमबार भएको फाइनल खेलमा वडा नं. ६ लाई पराजित गर्दै वडा नं. २ ले उपाधि चुमेको हो ।

प्रतियोगिताको फाइलन खेलमा वडा नं. २ ले १४–२५ को फाराकिलो सेटमा पहिलो खेल आफ्नो पक्षमा पारेको थियो । वडा नं. २ का खेलाडीहरुको लगातार दवावका कारण वडा नं. ६ का खेलाडीहरुले त्यति सन्तोषजनक खेल प्रदर्शन गर्न सकेन । त्यसको फाइदा उठाउदै वडा नं. २ ले क्रमश दोस्रो र तेस्रो सेत समेत १४–२५ र ११–२५ को सोझो सेटमा वडा नं. ६ लाई पराजित गरेको हो ।

उपाधि चेमेसँगै वडा नं. २ ले नगद २५ हजार सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गरे । दोस्रो स्थानमा चित्त बुझाउनु परेको वडा नं. ६ ले नगद २० हजार सहिति ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गरेको हो ।

खेलको सवोत्कृष्ट सटर वडा नं. २ का सञ्जय काफ्ले, उदयीमान खेलाडी वडा नं. ३ का रोनिश राई, सवोत्कृष्ट डिफेन्डर वडा नं. ६ का अन्जान राई, सवोत्कृष्ट लिफ्टर वडा नं. २ का सारुन लिम्बु घोषित भए । उनिहरुलाई नगद सहित प्रमाण पत्र, म्याडल प्रदान गरिएको हो ।





