माङसेबुङ ।
इलामको माङसेबुङमा जारी पवित्रहाङमा कपको १० औं संस्करण खेलकुद प्रतियोगितामा अन्तरगत आज शुक्रबार माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव सुनसरी विजयी भएको छ । माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिसँग भएको खेलमा निर्धारित समयसम्म बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा ३–२को नतिजा निकाल्दै सुनसरीले अन्तिम चारमा आफुलाई सुरक्षित गरेको हो ।

खेलकोे सुरुवाती समयमै दुवै टीमका खेलाडीहरु आक्रमक रुपमा उत्रिएको देखिन्थ्यो । खेलको पहिलो हाफको २० औं मिनेटमा सुनसरीका कविता चौहानले गोल गदै टीमलाई अग्रता दिलाएका थिए। उनले माङसेबुङका गोलकिपरबाट रिवाउन्स भएको बललाई कुनै गल्ती नगरी जाली चुमाएका थिए ।
खेलको दोस्रो हाफमा माङसेबुङ थप आक्रमक देखिएको थियो । दोस्रो हाफको सुरुवाती समयमा सुनसरीलार्ई निकै दवावमा राख्दै खेलको ५३ औं मिनेटमा माङसेबुङले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै माङसेबुङका जर्सी नं. ११ का सुमिका राईले गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए ।
त्यपछि भन खेलको निर्धारित समयमा दुबै टीमले गोलगर्ने थुप्रै मौकाहरु पाएपनि गोल गर्न भने सकेनन् । निर्धारित समयमा बराबरीमा रोकिए पछि खेल अतिरक्ति समयमा धकेलिएको थियो । थप गरिएको अतिरिक्त समयमा पनि दुबै टीमबाट गोल हुन नसकेपछि नतिजा ट्राईब्रेकरमा पुगेको थियो ।

ट्राईब्रेकरमा सुनसरीका रेजिना श्रेष्ठ, मुना मगर र सुस्मीता राईको प्रहार गोलमा परिनत भयो भने मनिसा बिष्ट र कविता चौहानको प्रहारलाई माङसेबुङका गोल किपरले बचाएकी थिइन् ।
यसैगरि माङसेबुङका बिनिता राई र उपासना लिम्बूको प्रहार मात्र गोलमा परिनत भयो भने समिता राई र लक्ष्मी र सिता राईको प्रहारलाई सुनसरीका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै टीमलाई जीत दिलाए । खेलको वुमन अफ दी म्याच माङसेबुङका शिला राई घाेषित भइन् ।
फूटबलको विजेताले नगद १ लाख १ सय ६४ रुपैयाँ र उपविजेता टिमले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६४ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियाेगिता आत्मा पवित्र हक्चात यक्चुमकाे आयोजनामा प्रत्येक वर्ष हुर्दै आएको छ । फाइनल खेल फागुन २ गते हुनेछ भने पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ ।

