माङसेबुङ ।
इलामको माङसेबुङमा जारी पवित्रहाङमा कपको १० औं संस्करण खेलकुद प्रतियोगितामा अन्तरगत आज शनिबार चुलाचुली गाउँपालिका खेलकुद विकास समिति इलाम र कन्काइ एकाडेमिक स्पोर्टस झापाबीच भएको खेलमा चुलाचुली गाउँपालिका खेलकुद विकास समिति इलाम विजयी भएको छ । विजयीसँगै चुलाचुली सेमिफाइनल प्रवेश गरेकाे छ ।

खेलको निर्धारित समयमा दुवै टिमको तर्फबाट समान २–२ गोल भए पछि नतिजाको लागि अतिरिक्त १० मिनेटको समय थप गरिएको थियो । थप गरिएको अतिरिक्त समयमा पनि समान १–१ गोल भए पछि खेल ट्राइबेकरमा धकेलिएको हो । ट्राइबेकरमा चुलाचुली खेलकुद समिति विजयी भएको हो । चुलाचुलीले सेमिफाइनल खेल ए.पि.एस.सी. माङसेबुङ इलामसँग २७ गते खेल्नेछ ।
जारी पवित्रहाङमा कप अन्तर्गत भोलि आइतबार एम.सि.सि. फुटबल क्लब सुनपा इलाम र लेटाङ फुटबल क्लब मोरङबीच हुने आयोजक समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

फूटबलको विजेताले नगद १ लाख १ सय ६४ रुपैयाँ र उपविजेता टिमले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६४ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियाेगिता आत्मा पवित्र हक्चात यक्चुमकाे आयोजनामा प्रत्येक वर्ष हुर्दै आएको छ । फाइनल खेल फागुन २ गते हुनेछ भने पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ ।

