adv

जारी पवित्रहाङमा कपको अन्तिम क्वाटरफाइलन खेल सम्पन्न– खेलमा लेटाङ विजयी

माङसेबुङ ।

माङसेबुङमा जारी पवित्रहाङमा कपको आज आइतबार भएको अन्तिम क्वाटरफाइलन खेलमा लेटाङ फुटबल क्लब मोरङ विजयी भएको छ । एम.सी.सीं फुटबल क्लब सुनपा इलामसँग भएको खेलमा ३–१ को नतिजा निकाल्दै लेटाङले अन्तिम चारमा आफुलाई सुरक्षित गरेको हो ।

खेलको सुरुवाती देखीनै उत्कृष्ट खेल प्रदर्शन गरेको लेटाङले खेलको १४औं मिनेटमा नै जर्सी नं. १७ का ईमा राईले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । लेटाङकी जर्सीनं. १६ की मेका खजुमले २०औं मिनेटमा गोल गर्दै नतिजालाई दोब्बर बनाएकी थिइन् । पहिलो हाफसम्म २–० को नतिजा कायम गरेको लेटाङले खेलको कुनै समयमा नतिजा उल्टाउन दिएन । ४०औं मिनेटमा लेटाङका जर्सी नं. १७ की ईमा राईले पुनः गोल गर्दै नतिजा फराकिलो बनाएकी थिइन् । एमसीसीको तर्फबाट जर्सी नं. १५ का जेनी राईले ६९ औं मिनेटमा सान्तवना गोल गरेकी थिइन् ।

जितसँगै लेटाङ फुटबल क्लब मोरङले सेमिफाइलन खेल माङसेबु्ङ गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गर्दै अन्तिम चारमा आफुलाई सुरक्षित गरेको माउण्ट एभरेष्ट स्र्पोटिङ क्लब सुनसरीको सामना गर्नेछ । दोस्रो सेमिफाइनल खेल माघ २८ गते २ बजे देखी सञ्चालन हुने जनाएको छ ।

लेटाङको जितसँगै पवित्रहाङमा कपको १०औं संस्करण अन्तर्गतका सम्पूर्ण क्वाटरफाइलन खेल सम्पन्न भएको छ । भोलि सोमबार पहिलो सेमिफाइनल खेल ए.पि.एस.सी माङसेबुङ इलाम र चुलाचुली गाउँपालिका खेलकुद विकास समिति बीच हुने सञ्चारकर्मी धडकन सम्बाहाम्फेले बताए ।

माङसेबुङ ५ स्थित खेलमैदान

फूटबलको विजेताले नगद १ लाख १ सय ६४ रुपैयाँ र उपविजेता टिमले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६४ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियाेगिता आत्मा पवित्र हक्चात यक्चुमकाे आयोजनामा प्रत्येक वर्ष हुर्दै आएको छ । फाइनल खेल फागुन २ गते हुनेछ भने पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु