adv

बाहुनडाँगी संगीत तथा पर्यटन महोत्सव फागुन १७ देखी सुरू हुने

भूमिका सुब्बा, मेचीनगर, २ फागुन ।

झापाकाे मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुनडाँगी संगीत तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । बाहुनडाँगी जेसीजकाे  आयाेजनामा फागुन १७ गते देखि २३ गतेसम्म महोत्सव हुन लागेको हो । आयोजक बाहुनडाँगी जेसीजले शुक्रबार काँकरभिट्टामा पत्रकार सम्मेलन गरी महोत्सव बारे जानकारी गराएको हो ।

‘बाहुनडाँगीमा विगतदेखि नै महोत्सव हुँदै आएको तर यस वर्ष अन्यत्र सारिएकाे र  बाहुनडाँगीवासीको चाहनालाई सम्बोधन गर्दै महोत्सवलाई निरन्तरता दिएकाे जनाएकाे छ ।’महोत्सवमा ग्रामिण संस्कार संस्कृति, रहनसहन, रीतिरिवाजको चिनारी दिदै प्रवर्द्धन गर्नका लागि महोत्सव सञ्चालन गर्न लागिएको हाे । महाेत्सवमा आउने दर्शकका लागि स्टल अवलाेकनसँगै कलाकारहरू आस्था राउत, मेलिना राई, सुगम पोखरेल, प्रमोद खरेल, पुष्पन प्रधान, प्रितम आचार्य, लाहुरेलगायतका कलाकारको प्रस्तुति आयाेजक समितिले जनाएकाे छ ।

त्यस्तै, महोत्सवमा वेभ ब्याण्ड, आरम्भ ब्याण्ड, मन्त्र ब्याण्डलगायतका विभिन्न ब्याण्डको प्रस्तुति रहने आयोजक जेसीज सन् २०२० का अध्यक्ष सागर कार्कीले बताए । सम्मेलनमा महोत्सव आयोजक समिति कोषाध्यक्ष नीता थापा, इभेन्ट म्यानेजमेन्ट को–अर्डिनेटर किशोर भट्टराईलगायतको आतिथ्यता थियो । पत्रकार सम्मेलनको सञ्चालन बाहुनडाँगी जेसीज सन् २०२० का महासचिव देबु बानियाँले गरेका थिए ।

नेपाल जेसीज सहयोगी संस्था रहने सो महोत्सवमा विभिन्न जातिय परिकार, संस्कृति तथा पर्यटन, व्यवसायिक, जनचेतनामूलक लगायत ४० वटा स्टल रहनेछन् । आयोजकले साताव्यापी महोत्सवमा करिब २७ लाख रुपैयाँ खर्च पूर्वानुमान गरिएको जनाएको छ । उक्त महोत्सवमा बालमैत्री खेलहरु, साविक बाहुनडाँगी गाविसको विद्यालयस्तरीय गायन तथा नृत्य प्रतियोगिता, पर्यटनसँग सम्बन्धित समूहगत छलफल, साहित्यिक कार्यक्रम प्रस्तुत गरिने महोत्सव मूल आयोजक समितिका संयोजक प्रविण भण्डारीले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु