adv

प्रधानमन्त्रि द्वारा दमक चिसापानि सडक कालोपत्रेको शिलान्यस

दमक ।
प्रधानमन्त्रि केपि शर्मा ओलीले करीब २ दशक अघि देखि निर्माणाधिन दमक चिसापानी सडक (फाल्गुनन्द मार्ग) स्तरन्नति कार्यको शिलान्यास आज आइतबार गर्नुभएको छ । नेपाल सरकार भौतिक तथा पूर्वाधार मन्त्रालयको आयोजनामा शिलान्यास कार्यक्रममा भएको हो ।

झापाको दमक देखी इलामको चुलाचुली र माङसेबुङ गाउँपालिका र पाँचथर सम्म जोडिने यो सडक स्तारोन्नति कार्य (कालोपत्रे) सुरु हुन लागेको हो । कालोपत्रेका लागि ठेक्का प्रक्रिया समेत अघि बढिसकेको छ । ठेक्का प्रक्रिया टुङगो लागेसँगै काम अघि बढाउनका लागि प्रधानमन्त्रि स्वयको उपस्थितिमा शिलान्यास कार्य सम्पन्न भएको हो ।

नेपाल सरकार भौतिक तथा यातायात मन्त्रालय सडक डिभिजन कार्यालय दमकले भदौ २५ गते बुधबार गोरखापत्र राष्ट्रिय दैनिकमा ठेक्का प्रक्रियालाई अघि बढाउन बोलपत्र आह्वान गरेको थियो ।

हिउँदको समयमा मात्र यस सडक प्रयोगमा आइरहेको थियो । रुतुवा खोलाको किनार हुदै खोलाको बाटोमा नै अस्थायी रुपमा मोटर सञ्चालन भइरहेको थियो । वर्षादको समाय खोला ठुलो हुने भएपछि यात्रुहरु ६ नम्बर बुधबारेको बाटो हुँदै घुमाउरो बाटो घुम्न बाध्य हुदै आएको थियो । अब बाटो कालोपत्रे हुने भएपछि सबै स्थानियहरु खुसि छन् ।

स्थानियहरु भन्छन हाम्रो छोरा नातिले यो बाटोमा मोटर चढ्छ होला भनेर सोच्थ्यौ । तर हामिले सोचेको थिएनौ हामी पनि यो बाटोमा मोटर चढ्न पाउछौ भनेर तर यो गलत सावित भयो अब बाटो बन्ने पक्का भयो ।

दमक चिसापानि सडक स्तारन्नति कार्यको शिलान्यास भौतिक तथा पूर्वाधार मन्त्रि बसन्त नेम्बाङको अध्यक्षतामा तथा प्रधानमन्त्रि केपि शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु