चुलाचुली, ११ फागुन ।
इलामको चुलाचुली गाँउपालिका ५ स्थित बाझोगाउँ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खेलकुद सामग्री वितरण गरिएको छ । सामाजिक व्यक्तित्व युवा नेता सञ्जय राईले गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता –२०७६ को विभिन्न विधामा स्वर्ण पदक जित्दै जिल्ला छ्नौट हुने ४ खेलाडीलाई ट्रयाक सुट, जर्सी, जुत्ता, मोजा प्रदान गरेका हुन् ।

चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईकाे स्वकिय सचिव समेत रहेकाे रहेका छन् । बाझाेगाउँ विद्यालयमा आज आइतबार भएकाे एक कार्यकमबीच उक्त सामग्री वितरण गरिएकाे विद्यालयका प्रधानाध्यापक गणेष अधिकारीले जानकारी गराए । कार्यक्रममा खेलाडीहरुलाई बधाई सहित बिदाई गरिएको थियो ।

चुलाचुली गाँउपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रदिपचन्द राईले सामाजिक कार्यमा सहयोग गर्ने युवा प्रति खुसी व्यक्त गर्दै सो सामग्रीले खेलाडीहरुमा थप हौलसा मिल्ने बताउनुभयो । उहाँले खेलकुद र सामाजिक विकासका लागी युवाहरुको साथ सहयोग आवश्यक रहेको बताउदैै यस्तो कार्यक्रम गाँउपालिकाका सबै विद्यालयमा सञ्चालन हुन आवश्य रहेको बताउनु भएको छ ।
विद्यालय व्यावस्थापन समितिका अध्यक्ष व्रत कुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका तर्फबाट पुर्व विद्यार्थी तथा चुलाचुली गाँउपलिकाका अध्यक्षका स्वकीय सचिव राइलार्ई सम्मान समेत गरीएको थियो । सो कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष चन्द्र कुमार थापा,वडा सदस्य धन बहादुर राई, अभिभावक र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

