adv

“सहयात्री” जानु नै थियाे भने- गीतकाे म्युजिक भिडियो सार्वजनिक (भिडियाे सहित)

दमक । 

त्रीएक म्युजिक प्रोडक्सन प्रा. लि.ले “सहयात्री” जानु नै थियाे भने गीतकाे म्युजिक भिडियो सार्वजनिक गरेको छ। आदर्श लिम्बुको शब्द रचना, रोहित लिम्बुको संगीत रहेको सो गीत गायिका आशा साम्बाको सुमधुर स्वरमा सुन्न सकिन्छ ।

गीतकार तथा निर्देशक आदर्श लिम्बूको निर्देशन, अन्जित श्रेष्ठको छायाङ्कन एवं सम्पादन रहेको सो म्युजिक भिडियोमा कलाकारहरु सुरज लिम्बू र सीता लिम्बुको अभिनय हेर्न सकिने छ। सहयात्री म्युजिक भिडियो मार्फत नेपालमा रहेको बैदेशिक रोजगारमा जाने बाध्यताले परिवारमा निम्त्याएको समस्यालाई उजागर गर्न खोजिएको निर्देशक आर्दश लिम्बुले जानकारी दिए।

मोफसलमा रहेर नेपाली संगीत जगतमा योगदान पुर्याउने उदेश्यले स्थापना गरिएको सो प्रा.लि.ले आगामी दिनमा स्थानिय स्तरमा लुकेर रहेका प्रतिभाहरुलाइ उजागर गर्दै जाने योजना रहेको प्रा.लि. का अध्यक्ष सुरज लिम्बुले बताएका छ्न । दमक बाट संचालित संगीत दर्पण नेपाल युटुब च्यालन बाट सार्बजनिक गरिएको उक्त म्युजिक भिडियो यो लिङ्कमा हेर्न सकिने छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु