दार्जिलिङ ।
नेपानिया दाजिर्लिङ ईन्टरटेन्टमेन्टको ब्यानरमा निर्मित खोला पारी मा माया लाउदिन…बोलको भिडियो सार्वजनिक भएको छ । भारतको दार्जिलिङमा बसोबास गर्दै आएका गायक तथा रचनाकार ज्याक्मे दाइको निर्देशनमा बनेको गीतमा ज्याक्मे दाई, रोजिना प्रधान, सुरज, बिक्रम, समिर, संगित, प्रनित, दिनेश, मनोज, रञ्जना, यसोदा, प्रियालगायत स्क्रिनमा देखिनेछ ।
निसान जेन तामाङको सम्पादन, छायांकन रहेको गीत दाजिर्लिङको मिरिक मन्जु पार्क, मिरिक फौवागारी टि गार्डेन, तराई पिक्निक स्पोर्टलगायत रमणीय स्थलहरुमा सुटिङ गरिएको छ । रचना, संगित र गायन अशोक थुलुङ राईको रहेको खोला वारीलाई एरेन्ज मिलन चाम्लिङले गरेका हुन् ।
स्मरण रहोस ज्याक्मे दाइको रचनामा रहेको नन्दु गुरुङ र मेलिना राईको स्वरमा भञ्ज्याङ काटी नजाउ, ज्याक्मे दाइको स्वरमै ढोल बज्यो ड्याम ड्याम गीत यस अधि नै युवट्यव मार्फत सार्वजनिक भइसकेको छ ।

