सुनसरी ।
विद्यार्थीहरुको बौद्धिक क्षमता बिकास गर्ने उदेश्यले समाजबादी विद्यार्थी युनियन, महेन्द्र बहुमुखी क्याम्पस ईकाई कमिटीको आयोजनामा क्याम्पसहरुमा हुने हाजिरी जवाफहरु मध्ये सबैभन्दा ठुलो हाजिरी जवाफ ” समाजबादी हाजिरी प्रतियोगिता सिजन -२” सप्पन्न भएको छ ।

वार्षिक रूपमा समाजबादी विद्यार्थी युनियनले आयोजना गर्दै आएको प्रतियोगितामा यो सिजन जम्मा ६१ टिम सहभागी थिए भने फाईनल चरणमा २० टिम प्रबेश भएको थियो । उत्त खेलमा पहिलो स्थान बिए दोस्रो बर्षका उत्तम लावती, जोर्डन चेम्जोङ र सरिता योगि भएकोमा द्दितिय एम.एड. पहिलो बर्षका दिनेश राई, चित्रकला लिम्बु, सुबिल श्रेष्ठ भएका थिए त्यसैगरी तृतीय स्थान कानुन संकायका सरोज आचार्य, निशा राई र प्रेमकला राईले हात पारेका थिए ।

प्रतियोगितामा बिजेताहरुलाई नगद पुरस्कार प्रथम रु. पाँच हजार, दोस्रो तीन हजार, तेस्रो दुइ हजारसँगै मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रमको प्रायोजन भेडेटारका चर्चित होटलहरु होटल लावती कर्नर, होटल मेजेस्टिक र सब्सारा होटेल एन्ड रिसोर्टले गरेका थिए ।

त्यस्तै कार्यक्रमको संयोजन अमित थेबे र लाहाङ चेम्जोङले बेलायत र मदन हाङ्खिम राईले दुबई बाट गरेका थिए । कार्यक्रम प्रमुख अतिथि विद्यार्थी नेता सुमन राई र विशेष अतिथि विद्यार्थी परिचालन संयोजक सुमन चेम्जोङले यस्ता बौद्धिक किसिमका कार्यक्रमहरुले विद्यार्थीहरुको आगामी भबिस्यमा सहयोग पुग्ने बिश्वास ब्यत्त गरेका थिए

