adv

झापा गोल्डकपको साधारण सभा सम्पन्न : अध्यक्षमा विनोद बस्नेत

भूमिका सुब्बा, बिर्तामोड, फागुन २० ।
झापामा झापा गोल्डकपको साधारण सभा मंगलबार सम्पन्न भएको छ । विर्तामोडमा सम्पन्न साधारण सभाले युवा व्यवसायी विनोद बस्नेतको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो।

झापा गोल्डकपको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बलराम कार्की, उपाध्यक्षमा सुवास भट्टराई, सचिवमा गजेन्द्र पौडेल, सहसचिवमा चेतामणि खनाल र कोषाध्यक्षमा केदार गिरी चयन भएका छन् । बस्नेत यसअघी उपाध्यक्ष थिए भने कार्की यसअघि वरिष्ठ उपाध्यक्षमा र गिरी झापा गोल्डकप स्थापनादेखि नै कोषाध्यक्षमा पद समाहाल्दै आएका छन् । पौडेल र खनाल यसअघि सोही पदमा थिए ।

समितिका सदस्यहरुमा केशवराज दाहाल, सजेश शिवाकोटी, किरण थापा, यादव पोखरेल, सञ्जीव घिमिरे, विष्णुप्रसाद सिग्देल, चन्द्रमणि कट्टेल र दिपेश ढकाल चयन भएक छन् । निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरी विधानतः कार्यसमिति सदस्य हुनेछन् । गोल्डकपको संरक्षकमा जलकुमार गुरुङ र होम पाण्डे रहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु