adv

झापाकाे कमलमा सुर्तीजन्य पदार्थबाट उत्पन्न असरबारे जनचेताना कार्यक्रम

कमल, २८ फागुन ।

झापाकाे कमल गाउँपालिका वडा नं. ४ मा सुर्तिजन्य पदार्थबाट उत्पन्न हुने असरबारे सचेतना तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ । जलधारा सामुदायिक सेवा केन्द्रको अायाेजनामा र नेपाल स्वास्थ्य तथा जनसडंख्या मन्त्रालयकाे सहकार्यमा आयोजित एक दिने जनचेतना मूलक कार्यक्रम गरिएकाे हाेे ।

सुर्तिजन्य पदार्थकाे सेवन गर्नेकाे संख्या दिन दिनै बढ्दै गरेकाे समयमा यसबाट उत्पन्न हुने असरबारे चर्चा गरिएकाे हाे । युवा पुस्तालाई सुर्तिजन्य पदार्थकाे असरबारे सचेत गराई सुर्तिजन्य पदार्थकाे प्रयाेगबाट टाढा राख्ने उदेश्यले अभिमुखिकरण कार्यक्रम गरिएकाे हाे ।

कार्यक्रम जलाधार सामुदायिक स्वास्थ्य केन्द्रका सदस्य सुवास लिङदेनकाे अध्यक्षतामा तथा कमल गाउँपालिका वडा नं. ४ का वडा सदस्य चतुर्भुज बस्नेतकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे हाे भने सेवा केन्द्रका काेषाध्यक्ष गुमानसिंह लिन्देनले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा स्थानिय युवाहरुकाे उल्लेखनिय उपस्थिति रहेकाे थियाे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु