इलाम : मछिन्द्र क्लब काठमाडौ इलाममा सञ्चालित छैटौं सस्करणको माइभ्याली गोल्डकपको च्याम्पियन बनेको छ । शनिबार सम्पन्न फाइनलमा आयोजक माइभ्याली फुटबल क्लबलाई १-० ले पराजित गर्दै मछिन्द्रले पहिलो पटक माइभ्यालीको उपाधि जितेको हो ।

ठुलो टुँडिखेलमा भएको फाइनलमा इन्जुरी समयको चौथो मिनेटमा मछिन्द्रका आन्द्रेस नियाले गोल गर्दै उपाधी दिलाएका थिए । जितसगै मछिन्द्रले नगद ८ लाख र उपविजेता माइभ्यालीले ५ लाख रुपैयाँ प्राप्त गर्यो । गत १५ फागुनदेखि संचालित प्रतियोगितामा विदेशीसहित १० टिमको सहभागीता थियो ।

