adv

डेलिया मन्टेश्वरीमा अभिभावक, विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार

दमक ।
झापाको दमक वडा नं. ६ मा सञ्चालित डेलिया मन्टेश्वरीले आज आइतबार अभिभावकहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

शिक्षा क्षेत्रमा नयाँ व्यवस्थापनसँगै दैनिक स्वास्थ्य जाँच, अनुभवि शिक्षक शिक्षिकाहरुद्वारा पठनपाठन साथै स्वाच्छ र स्वास्थ्य खानपिनकाे व्यवस्था सहित सञ्चालित मन्टेश्वरीकोबारेमा जानकारी समेत गराउने उदेश्यले कार्यक्रम गरिएको हो ।

मन्टेश्वरीका सञ्चालक दिपक न्यौपानेको अध्यक्षतामा भएकाे कार्यक्रममा विद्यार्थीहरुको अतिरिक्त प्रतिभालाई प्रोत्साहन गर्न विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियाे । कार्यक्रम मन्टेश्वरीका प्रिन्सिपल अाशा थापाले सञ्चालन गरेकी थिइन् ।

विगत लामो समय देखी शिक्षा क्षेत्रमा क्रियाशिल दिपक न्यौपानेले मन्टेश्वरी सञ्चालनमा ल्याएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु