adv

नेकपा, समाजवादी पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

माङसेबुङ ।
इलामको माङ्सेबुङ गाउँपालिकामा नेपाली कांग्रेस पार्टी प्रवेश गर्नेको लर्को लागेको छ । नेकपा, संघीय समाजवादी पार्टी नेपाल र जनमुक्ति पार्टीका नेताकार्यकर्ताहरु पार्टी परियाग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाल तरुण दल माङसेबुङ गाउँपालिका वडा नं. ५ समिति गठन कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा पूर्व संबिधानसभा सदस्य नगेन्द्र कुमालले अबिर लगाएर पार्टी नवप्रवेशिहरुलाई स्वागत गरेका थिए । नवप्रवेशिहरुले आफु पहिले रहेको पार्टीले झुटको रानजीति गर्दै जनभावना विपरित काम गरेको कारण पार्टी परित्याग गरेको बताएका छन् ।

यसरी प्रवेश गर्नेहरुमा नेकपाबाट आकाश सम्वाहाम्फे, बिजय राई, निश्चल लिम्बु लगायत १० जना रहेका छन् भने समाजवादी र जनमुक्ति पार्टीबाट ५७ जना समेत गरी ६७ जनाले पार्टी प्रवेश गरेको पार्टीका माङसेबुङ गाउँ सचिव धडकन सम्बाहाम्फेले बताए ।

त्यसैगरी संघीय समाजवादी पार्टी नेपाल र जनमुक्ति पार्टीबाट सेसेहाङ शेर्मा, खगेन्द्र राई, भक्तराज शेर्मा, फासुहाङ लावती, पुस्कर आङ्गदाङ्बे, राम आङबुहाङ्ग, युगवहादुर थेगिम, उजा माबुहाङ्ग, बिक्रम सिवु, खगेन्द्र मगर, बुद्धीमान साङ्गपाङ, भवानी लाबुङ्ग, सम्झना फागो, नेत्र बहादुर सुक्वा लगायत रहेका छन् ।

कार्यक्रममा माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो, नेपाली कांग्रेस माङसेबुङ गाउँ सभापति इन्द्र सम्बाहाम्फे, सचिव धडकन लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

साथै सो भेलाले माङसेबुङ गापाको वडा न ५ को तरुण दलको अध्यक्षमा पदम कुमार लिम्बु सहित २१ जनाको कार्यसमिति समेत गठन गरेको छ ।

Advertise Expired !

One thought on “नेकपा, समाजवादी पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

Leave a Reply

सम्बन्धित शीर्षकहरु