adv

कोरोना विरुद्ध सतासीधाम जेसीजको कार्यक्रम

शिवसताक्षी, ३ चैत्र ।

सतासीधाम जेसीजले शिवसताक्षी नगरपालिकाका सबै वडाहरुमा नोवेल कोरोना भाइरस (कोभिड १९) बाट बच्न विभिन्न चेनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

नगर क्षेत्रभित्रका १४ स्थानमा नोवेल कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी जनचेतनामूलक र्याली तथा सडक नाटक मञ्चन कार्य सम्पन्न गरेको सतासीधाम जेसीजका अध्यक्ष कुमारसिंह साँवा लिम्बूले जानकारी दिए ।

नेपालमा समेत यो भाइरसको संक्रमण फैलन सक्ने प्रवल सम्भावनालाई मध्यनजर गर्दै सतासीधाम जेसीजले शिवसताक्षी नगरपालिकाका वडा कार्यालय र अन्य विभिन्न निकाय तथा सामाजिक संस्थाहरुको सहकार्यमा नगरपालिका सबै बजार क्षेत्रहरुमा मास्क वितरण, भाइरसका लक्षण तथा बच्ने उपाय अंकित प्लेकार्ड जनचेतनामूुलक र्याली, सडक नाटक मञ्चन गरिएको अध्यक्ष साँवाको भनाइ छ ।

उनका अनुसार प्रत्येक स्थानको सार्वजनिक स्थलमा टाँसका लागि बजार व्यवस्थापन समिति र वडा कार्यालयहरुलाई जनचेतनामूलक व्यानर समेत प्रदान गरिएको छ ।

फागुन २२ गते शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दूधेमा अवस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयसँगको सहकार्यमा दूधे बजार क्षेत्रमा र्याली तथा सडक नाटक मञ्चन गरेर कार्यक्रम सुरुवात गरिएको थियो ।

कार्यक्रम सफल पार्न शिवसताक्षी नगरपालिकाका विभिन्न वडा कार्यालयहरु, इलाका प्रहरी कार्यालय झिलझिले, शिवगञ्ज बजार समिति, धरमपुर बचत तथा ऋण सहकारी संस्था, क्रिटिभ नेपाल इन्जिनियर कन्सलटेन्सी, भेलबारी बजार विकास समिति, कल्याणकारी व्यापारी बचत समूह लगायतले सहयोग गरेको बताइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु