adv

हल्दीबारीमा आगलागीबाट १० लाख बढीको क्षती

हल्दिबारी, ३ चैत्र । 

हल्दिवारी गाउँपालिका साविक गोलधाप ७ मा सोमबार बिहान आगलागी हुँदा १० लाख रुपैयाँ मूल्य बराबरको क्षती भएको छ । आगलागीका कारण स्थानीय हेमबहादुर दाहालको सो मूल्य बराबरको धनमाल नस्ट भएको १ नम्बर वडा अध्यक्ष त्रिलोचन सापकोटाले बताए ।


अध्यक्ष सापकोटाका अनुसार भान्सा घर र गोठमा लागेको आगो भद्रपुर र विर्तामोडबाट पुगेको दमकलले नियन्त्रणमा लिएको थियो ।स्थानीयवासी र प्रहरीको समेत सहयोगमा आगो नियन्त्रणमा लिएका कारण आसपासका अन्य घरहरू क्षती हुनबाट जोगिएका बताइएको छ

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु