
काठमाण्डाै ।
सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आह्वान गरेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बुधबार सरकारले चैत मसान्तसम्म सबै विद्यालय र कलेज बन्द गर्ने निर्णय गरेकाे छ ।
चीनको ऊहानबाट फैलिएको कोरोना विश्वका १६३ देशमा फैलिएको र भारतमासमेत तीन जनाको मृत्यु भइसकेको अवस्थामा नयाँ रणनीति बनाउने योजनासहित उच्चस्तरीय समितिको बैठक बसेको हो ।
बैठकबाट १५ वटा निर्णय भएकाे छ ।



