adv

‘शीरफूल २’ भिडियो युट्युवकाे ट्रेन्डिङ १ मा

दमक ।

गायक एकदेव लिम्बूको आवाजमा सजिएको गीत ‘शीरफूल २’ काे भिडियो युट्युवकाे ट्रेन्डिङ १ मा पर्न सफल भएकाे छ । ‘आखेनसारी नुवा केवाराे’ बाेलकाे गीत युट्युवमा सार्वधिक मनपराइएकाे भिडियाेमा परेकाे छ ।

गायक एकदेव र बियोण्डको शव्द रचना रहेको टिपिकल लिम्बू र नेपाली भाषामा फ्यूजन गरि गीतको भिडियो सार्वजनिक गरिएको तीन दिनमा नै युट्युवकाे ट्रेन्डिङ २ मा पर्न सफल भएको छ ।

बियोण्डले गीतलाई आधुनिक पप मेलोडी तथा माैलिक लिम्बू लयमा फ्यूजन गरी संगीत भरेका छन् । मौलिक प्रेमलाई समेत झल्काईएको लिम्बुनी भनेर प्रेम गर्नू खोज्दा मगरनी पर्दाको फसाद पिडालाई भिडियोमा निर्देशक घोङबाले आकर्षक शैलीमा प्रस्तुत गरेका छन् ।

एकदेव, बियोण्ड, प्रिया लिम्बू र एलिसा पुन मगरको दमदार अभिनय रहेको भिडियोलाई बिकास मगरले खिचेका हुन् ।

फमाहिम बुटीकको पहिरन रहेको भिडियो नेस स्टुडियो युट्यूवमार्फत सार्वजनिक गरिएको हो । बिट्स, मिक्सिङ र मास्टरीङ ब्रिजेस श्रेष्ठको रहेको गीतमा गिटार बिटुको रहेको छ ।

https://www.youtube.com/watch?v=AslPKXn11Go&feature=emb_title

Advertise Expired !

One thought on “‘शीरफूल २’ भिडियो युट्युवकाे ट्रेन्डिङ १ मा

Leave a Reply

सम्बन्धित शीर्षकहरु