झापा ।
मेचीनगर ८ वडा कार्यलयले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट बच्न सचेत गराउदै आफ्ना वडाबासीलाई मास्क वितरण गरेको छ ।

शनिवार वडा कार्यलयले आफ्ना वडामा रहेका विभिन्न टोल विकास संस्थाका पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि सहितको सहभागीतामा कोरोना भाईरस सम्बन्धी सचेतना जगाउदै ४५ सय मास्क वितरण गरेको हो छ । साथै आईतवार र सोमवारसम्ममा वडाका सबै नागरिकलाई मास्क वितरण गरी सक्ने वडा कार्यलयले जनाएको छ ।
अहिले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस विरुद्ध जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको र जनचेतनाका लागि माइकिङ, पर्चा पम्प्लेटलगायतका सामाग्री द्वारा सचेतना जगाएको मेचीनगर ८ का वडा अध्यक्ष विकेन्द्रकुमार धिमालले जानकारी दिए।
यसअघि नै वडा अध्यक्ष विकेन्द्रकुमार धिमालको संयोजकत्वमा वडा सदस्य सन्तोष मेचे, गंगा पाठक, खिला मेचे, बिष्णु बराईली, बिष्णु भट्टराई, गिरीराज धमला, कुन्दन निरौला, रेवन्तराज पोख्रेल (अर्जुन), लालबहादुर थामी, रविन ओझा, बालकृष्ण ढुङ्गाना, दशरथ खडिया, ओम तिम्सिनालगायत २३ सदस्यीय कोरोना सम्बन्धी जनचेतना समिति गठन भएको थियो ।

