adv

कोरोना भाइरसको संक्रमणबाट बच्न प्रेस नेपालको अनुरोध

काठमाडौं, ९ चैत्र ।
प्रेस नेपालले कोरोना भाइरसको संक्रमणबाट बच्ने स्वास्थ्य सम्बन्धी उपायहरुको अवलम्बन गर्न सबैमा अनुरोध गरेको छ ।
आइतबार प्रेस नेपालका तर्फबाट महासचिव विजय चाम्लिङले जारी गरेको विज्ञप्तिमा पत्रकारहरुलाई सकेसम्म घरमै बसेर रिपोर्टिङ गर्ने र समाचार सम्प्रेषण गर्ने कार्यमा लाग्न समेत अनुरोध गरिएको छ ।


विज्ञप्तिमा भनिएको छ– ‘अत्यावश्यक नभएसम्म भिडभाडमा नजाने, जानैपरे माक्सको अनिवार्य प्रयोग गर्ने, घरमा वा घरबाहिरबाट आएर अनिवार्य साबुनपानी वा सेनिटाइजर प्रयोग गरेर हातमुख धुने तथा शारीरिक स्वाथ्यमा ध्यान दिन अनुरोध गर्दछौं ।’
उसले हालसम्म कोरोना भाइरस संक्रमणको जोखिम रोक्न सरकारका तर्फबाट चालिएको कदमको स्वागत गरेको भन्दै थप आवश्यक प्रभावकारी कदम चाल्न सरकार समक्ष माग समेत गरेको छ ।
संक्रमणको जोखिमका कारण संगठनका बैठक, भेला लगायत सबै गतिविधि स्थगन गरेको भन्दै प्रेस नेपालले सामाजिक सञ्जालहरुमा कोरोना संक्रमणसँग सम्बन्धित झुटा, भ्रामक सन्देशहरुमा विश्वास नगर्न आह्वान गरेको छ ।
प्रेस नेपालले विज्ञप्तिमार्फत सत्य, तथ्य र पुष्टि भएका जानकारीहरुका आधारमा मात्र समाचारजन्य सामग्रीहरुको प्रकाशन÷प्रशारण गर्न भन्दै सञ्चारकर्मीहरुलाई अपिल गरेको छ ।

१. कोरोना भाइरसको संक्रमण हुने जोखिमबाट बच्न स्वास्थ्यसम्बन्धी सुझाइएका सबै उपायहरु अवलम्बन गर्न सबैमा अनुरोध गर्दछौं ।
२. सकेसम्म घरमै बसेर वा सुरक्षित तवरले रिपोर्टिङ गर्ने, कार्यालयका कामहरु गर्ने प्रवन्ध मिलाएर कार्य गर्न सबैमा अनुरोध गर्दछौं ।
३. अत्यावश्यक नभएसम्म भिडभाडमा नजाने, जानैपरे माक्सको अनिवार्य प्रयोग गर्ने, घरमा वा घरबाहिरबाट आएर अनिवार्य साबुनपानी वा सेनिटाइजर प्रयोग गरेर हातमुख धुने तथा शारीरिक स्वाथ्यमा ध्यान दिन अनुरोध गर्दछौं ।
४. संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक थप प्रभावकारी कदमहरु चाल्न नेपाल सरकारसमक्ष माग गर्दछौं ।
५. प्रेस नेपालसँग सम्बन्धित सबै कार्यक्रम, गतिविधि, बैठक, भेलालगायत कार्यहरु हाललाई स्थगित गरिएको जानकारी गराउँदछौं ।
६.सामाजिक सञ्जालहरुबाट प्रसारण भइरहेका झुटा, भ्रामक र आममानिसमा गलत प्रभाव पार्ने सूचना सन्देशहरुबाट सजग रहन प्रेस नेपाल सबैमा आव्हान गर्दछ । साथै, यस संकटको घडीमा प्रेस नेपालसँग आवद्ध तथा अन्य सम्पूर्ण सञ्चारकर्मी मित्रहरुमा सत्य, तथ्य र पुष्टि भएका जानकारीहरुका आधारमा मात्र समाचारजन्य सामग्रीहरुको प्रकाशन÷प्रशारण गर्न अपिल गर्दछौं ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु