झापा । रोट्रयाक क्लब अफ बिर्तामोडले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सचेतनाका कार्यक्रमसंगै मास्क वितरण गरेको छ ।
आइतबार क्लबले कोरोना भाइरसको संक्रमणबाट हुनसक्ने जोखिमका लागि खट्ने स्वास्थ्यकर्मीहरूलाई ध्यानमा राखी विर्तामोड नगरपालिकाको स्वास्थ्य शाखालाई १०० थान मास्क वितरण गरेको अध्यक्ष राज मुखियाले बताए ।

अहिले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस विरुद्ध जनचेतनामुलक कार्यक्रमसंगै बिर्ताबजारस्थित दुर्गा मन्दिरमा पानीको ट्याड्ंकी र साबुन राख्ने साथै अनारमनी स्वास्थ्य चौकी र बिर्तामोड नगरपालिकाका बारूण यन्त्रका कर्मचारीहरूलाई मास्क वितरण गरेको हो ।

