माङसेबुङ, १४ चैत्र ।
माङसेबुङ गाउँपालिकाले काेराेना भाइरस (काेभिड १९) का बारेमा सचेतना कार्यक्रम सञ्चालन अन्तर्गत गाउँपालिका वडा नं. २ का विभिन्न स्थानहरूमा निशुल्क मास्क साथै पर्चा बाडिएकाे हाे ।

काेराेना भाइरसका लक्षणहरू केके हुन र यसबाट बच्नका लागि अपनाउनु पर्ने उपायहरूका बारेमा जानकारी गराइएकाे हाे ।
अाज शुक्रबार गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङगाेकाे नेतृत्वमा हिडेकाे टाेलिले वडा नं. २ का माङमालुङ बजार, खाम्नुवा, डाँडागाउँ लगायत विभिन्न स्थानहरूमा मास्क तथा पर्चा वितरण गरिएकाे हाे ।

