भुमिका सुब्बा, मेचिनगर, १७ चैत्र ।
झापाको मेचीनगरमा रहेको सामाजिक संस्था मेची अभियानले आज स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पिपिइ) र N- 95 मास्क हस्तान्तरण गरेको छ ।

मेचीनगर वडा नं ६ को कार्यालय परिसरमा मेचीनगर प्रमुख बिमल आचार्य र उपप्रमुख मिना पोख्रेल उप्रेतीलाई अभियानका तर्फबाट संयोजक डालमिया, शंखर थापा, गोपाल तामाङ्ग, मोहन निरौला, राजु कार्की, दिपक पोख्रेल लगायतले संयुक्तरुपमा ती सामग्रीहरु हस्तान्तरण गरिएको अभियानका संयोजक बिजय डालमियाले रेडियो साथीलाई बताउनु भयो ।
डालमियाका अनुसार स्थानीय स्तरमा उत्पादन गरिएका १० थान पिपिइ र ५० थान N- 95 मास्क नगरपालिकालाई हस्तान्तरण गरिएको हो । स्थानीय स्तरमा उपलब्ध श्रोत र साधनको प्रयोग गर्दै अधिकतम मापदण्ड कायम हुने गरी सामग्रीहरु उत्पादन गरिएको वहाँले बताउनु भयो । यस अघि मेची अभियानकै तर्फबाट पिपिइ र N- 95 मास्क उत्पादन गरी झापा, मोरङ, इलाम तथा पाँचथरका बिभिन्न अस्पताल तथा स्थानीय तहलाई हस्तान्तरण गरिएको समेत अभियानका संयोजक डालमियाले बताउनु भयो ।
अहिले सम्म डालमियाको ब्यत्तिगत पहल एवं अभियानमार्फत ५०० थान पिपिइ र १५०० थान N- 95 मास्क उत्पादन गरी सकिएको छ । विपदका बेला सामाजिक कार्यमा अग्रसर रहने डालमियाको नेतृत्वमा रहेको मेची अभियानले यस अघि पनि थुप्रै स्थानमा राहत तथा विपद ब्यवस्थापनका गतिविधि एवं सामाजिक अभियान सञ्चालन गर्दै आएको छ ।


काम राम्रो हो , तर जनप्रतिनिधी र सामाजिक अगुवा हरु ले नै दुरि को नियम पालना नगरे जस्तो देखीयो ,किन ध्यान नपुगेको होला ?