
माङसेबुङ, १७ चैत्र ।
काेराेना भाइरस संक्रमण बढ्न नदिन सरकारले गत चैत्र १० गते देखी देशमा लकडाउन घाेषणा गरेकाे छ । लकडाउन घाेषणासँगै आफ्नाे क्षेत्रमा लकडाउन पालना गरी बजार, पसल बन्द गरेर संक्रमण बढ्न नदिन जनता पनि लागि परेका छन् ।

लकडाउनकाे ७औं दिन आज माङसेबुङमा भने अर्गानिक हरियाे सागसब्जि वितरण गरिएकाे छ । माङसेबुङ वडा नंं. ५ र वडा नंं ३ का केही क्षेत्रहरूमा बसाेबास गर्ने ११ सय ५० घरधुरीलाई हरियाे सागसब्जि वितरण गरिएकाे हाे । अर्गानिक रायो साग, पातले सिस्नु, जरिङो साग, फुल कोपि, धनिया, जिम्बु लगायतका हरियाे सागसब्जि वितरण गरिएकाे सामाजिक अगुवा हेमन्त राईले बताए ।

माङसेबुङ गाउँपालिका भित्रकाे सबैभन्दा बाक्लाे बस्ति भएकाे जहाँ हरियाे सागसब्जि पर्याप्त उत्पादन हुन नसक्ने भएकाेले वडा नं. ५ र वडा नं. ३ काे भञ्ज्याङ, लामिटार, मनिपुर लगायतकाे क्षेत्रमा साे सामग्री वितरण गरिएकाे हाे ।

माङसेबुङ गाउँपालिका वडा नं. ६ र मिर्मिरे सास्कृतिक प्रतिस्ठान पञ्चमीकाे संयाेजन साथै स्थानिय समाजसेवि हेमन्त राईकाे अगुवाईमा भएकाे हरियाे सब्जि वितरण कार्यक्रममा माङसेबुङ गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बा, वडा नं. ६ का अध्यक्ष प्रदिप साङपाङ राई, वडा नं. ३ का अध्यक्ष मैतराज राई, वडा नं. ५ का अध्यक्ष नरेन्द्र कुमार राई, माङगेना सेवा समितिका अध्यक्ष केहेरिसंह याेङहाङ, समाजसेवि हेमन्त राई, नालिफुङमा अध्यक्ष दिपक तिगेला लगायतकाे उपिस्थिति रहेकाे थियाे ।

हरियाे सागसब्जि वितरण पछि प्राप्त गर्ने स्थानियवासीहरले आभार प्रकट गरेका छन् । स्थानिय कल्पना लिङदेन आफ्नाे फेसकुकमा लेख्नुहुन्छ– माङसेबुङ वडा नं. ६ बाट गाडिका गाडि हरियाे सागसब्जि ल्याएर वितरण गर्नुहुने वडा नं. ६ का स्थनियवासीहरू, वडा अध्यक्ष प्रदिप साङपाङ राई, समाजसेवि हेमन्त राई लगायत सम्पूर्णमा धन्यवाद व्यक्त गरेकि छिन् ।

फाेटाे साैजन्य : हेमन्त राई

