adv

कोरोना भाइरसका कारण कंगो गणराज्यका पूर्व राष्ट्रपतिको निधन

एजेन्सी : कोरोना भाइरसका कारण कंगो गणराज्यका पूर्व राष्ट्रपति ज्याक जोआकिम योहाम्बी ओपाङ्गोको निधन भएको छ।

८१ वर्षीय ओपाङ्गोको फ्रान्समा निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनी एक सेना अधिकारी थिए। जो दक्षिण अफ्रिकी राष्ट्रको जनरल बने।

उनले सन १९७७ देखी १९७९ सम्म कंगो-ब्राज्जाभिलको सत्ता सम्हालेका थिए। त्यसपछि उनलाई हालका राष्ट्रपति डेनिस ससाउ नेग्गेसोले अपदस्त गरेका थिए।

सन् १९९१ मा बहुदलीय प्रजातन्त्र आउनु अघि उनले धेरै बर्ष जेल जिवन बिताए। १९९३ बाट १९९७ को गृहयुद्ध सुरु नभएम्म उनी देशको प्रधानमन्त्री समेत बनेका थिए।

त्यसपछि १० बर्षसम्म उनले फ्रान्समा निर्वासित जिवन बिताए। त्यसपछि पुन: कंगो फर्किएर राजनितिमा सक्रिय भएका थिए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु