दमक, १८ चैत्र ।
कर्णाली वचत तथा ऋण सहकारी संस्था दमकले ५० हजार रूपैया बराबरको खाद्यन्न राहत सामाग्री वितरण गर्ने भएको छ ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारी गर्ने मजदुर र श्रमिक वर्गलाई लक्षित गर्दै कर्णाली साकोसले सो खाद्यन्न राहत सामाग्री वितरण गर्ने निर्णय गरेको हो ।
लकडाउनबाट प्रभावित परिवारलाइ राहत सामग्री उपलब्ध गराउन साकाेसले दमक नगरपालिकाका उपप्रमुख गिता अधिकारीलाइ जानकारी पत्र बुझाएकाे हाे । विर्तामाेडमा मुख्य कार्यलय रहेकाे कर्णालि साकाेसकाे शाखा कार्यलय दमक ६ मा अवस्थित रहेकाे छ ।
फाेटाे साैजन्य ः दमक शाखाका कर्मचारी चैतन्य अधिकारी

