
हरप्रहरव्यूराे ।
पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न दुई कराेड रूपैयाँ जम्मा गर्ने भएकाे छ । सरकारले बनाएको कोरोना उपचार कोषमा साे रकम जम्मा गर्ने भएकाे हाे । पूर्वराजा शाहले मंगलबार एक प्रेस वक्तव्यमार्फत सहयाेग रकम घाेषणा गरेका हुन् ।
उनले ‘दुःखकष्ट र आपतविपदको यो घडीमा सबैका साथमा साथ दिँदै हिमानी कोषलाई रू २ करोड दिएर नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्ने बताएकाे हाे ।
पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

