शिवसताक्षी, १८ चैत्र ।
झापाको शिवसताक्षि नगरपालिका वडा नं. ३ ले वडा भित्रका समस्यामा परेका घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ । दैनिक ज्यालामजदुरी गरेर खाने परिवारलाई यतिबेला छाक टार्न मुस्किल परिरहेको छ । उनिहरुलाई लक्षित गरि वडा नंं. ३ का अध्यक्ष पुण्यप्रसाद सापकाेटाकाे संयाेजकत्वमा सो राहत सामग्री वितरण गरिएको हो ।

विश्वमा यतिबेला कोरोना भाइरस (कोभिड १९) माहामारीको रुपमा फैलिरहेको छ । जसको कारण नेपालमा पनि ५ जना संक्रमित भइसकेको स्वास्थ्यमन्त्रालयले जानकारी गराइसकेको छ ।
भाइरसको संक्रमण बढ्न नदिनका लागि देशभर लकडाउन घोषणा गरेको छ । जसको कारण दैनिक ज्याला मजदुरी गरेर खाने परिवारहरु संकटमा पर्दै गएको देखिन्छ । उनिहरुलाई थप समस्या नहोस भनेरे सो सामग्री वितरण गरिएको हो । राहत सामग्रीमा दैनिक उपभोग्य सामग्री चामल, दाल, तेल र नुन वडाका ६१ घरपरिवारलाई वितरण गरिएको हो ।
शिवसताक्षी वडा नं. ३ ले नेकपा नगर सदस्य तथा ३ नम्बर वडा समितिका इञ्चार्ज सन्जय राई, सहइञ्चार्ज बलिराम तामाङ, ३ नम्बर वडा अध्यक्ष अग्निप्रसाद सापकोटा, वडाका सदस्यहरू, उन्नति सहकारी संस्थाका अध्यक्ष सुमन खनाल, लायन्स, जेसिस, गोपाल गौरी लगायतकाे सक्रियतामा राहत सामग्री संकलन गरिएकाे साथै दिगो विकास प्रतिष्ठानले मार्क्स लगायतको सामग्रीमा वितरणा गरिएकाे हो ।

