adv

झापाबाट पठाइएकाे दुई जनाकाे स्वाब काेराेना संक्रमण नभएकाे पुष्टि

भूमिका सुब्बा, भद्रपुर, १९ चैत्र ।

झापाबाट पठाइएकाे दुई जनाकाे स्वाब काेराेना संक्रमण नभएकाे पुष्टि भएकाे छ । काेराेना भाइरस कोभिड–१९ काे शंका लागेपछि झापाबाट स्वाब परीक्षणका लागि धरान पठाइएकाे थियाे ।  धरान पठाइएका अन्य तीन वटा नमूनाको रिपोर्ट आउन बाँकी रहेकाे छ ।

मेची अञ्चल अस्पतालमा आइसोलेसनमा रहेका पाँचमध्ये दुई जनाको कोरोना परीक्षणका लागि उनीहरुको स्वाव काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल पठाइएको थियो । दुबै जनामा कोरोना नभएको रिपोर्ट प्राप्त भएको मेची अञ्चल अस्पतालका कोरोना फोकल पर्सन कुलबहादुर पौडेलले बताउनुभयो ।

कोरोना पुष्टि नभएका दुबैलाई होम क्वारेन्टाइनमा पठाइएको छ । अरु तीन जनाको स्वाबको नमूना परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । स्वाब परीक्षण गरिएका पाँचै विदेशबाट आएका नेपाली हुन् । मेची अञ्चल अस्पतालमा हाल ८ वटा आइसोलेसन कक्ष रहेका छन् । प्रदेश सरकारको सहयोगमा आइसोलेसनको सङ्ख्या तत्काल २५ पुर्याउनका लागि धमाधम निर्माण कार्य भइरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु