धरान, १९ चैत्र ।
बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना ल्याव स्थापना भए पछि परिक्षण गरिएका १२ वटा स्वाबको रिपोर्ट आएको नेगेटिभ आएको छ।
आज आएको रिपोर्टमा पहिलो पटक धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्याबमा परिक्षण गरिएका १२ वटा स्वाबमा १२ वटै नेगेटिभ कोरोना नभएको रिपोर्ट आएको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् ।
आज पनि प्रतिष्ठानमा एउटा थ्रोट स्वाबको नमुना संकलन भएको छ । करिव १२ वटाको हाराहारीमा थ्रोट स्वाब संकलन भए पछि मात्रै ल्याब परिक्षण गरिने बताईएको छ ।

