adv

मासिक ३२ मिडिलयन पाउन्ड बार्सिलाेनाका खेलाडीहरूकाे पारिश्रमिक कटाैती

एजेन्सी – कोराना भाइरस कोभिड १९ ले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि त्यसले सबै क्षेत्रमा असर पारेको छ । अन्य क्षेत्र जस्तै खेल क्षेत्रमा पनि ठूलो असर पारेको छ । जसका कारण युरोपका ठूला क्लबहरुले खेलाडीहरुको पारिश्रमिक कटौती गर्ने भएका छन् ।

बार्सिलोनाका खेलाडी ७० प्रतिसत पारिश्रमिक कटौतीका लागि यसअघि नै राजी भइसकेका छन् । जसबाट क्लको मासिक रुपमा झन्डै ३२ मिलियन पाउन्ड बचत हुने भएको छ । बार्सिलोनाले ठूलो रकम बुझ्दै आएका खेलाडीको तलब कटौती गरेर क्लबका अन्य कर्मचारीलाई भने नियमित तलब दिन यो कदम चालेको हो । यो निर्णयको विश्वभरबाट स्वागत हुँदै अन्य क्लबले पनि यसै पद्दति अबलम्बन गर्न थालेका छन् ।

बार्सिलोनाका ४ कप्तानहरु लियोन मेस्सी, जेरार्ड पिके, सर्जियो बुस्केट, सिर्जी रोर्बेटोको पारिश्रमिक कटौतीबाट मात्र ८.६ मिलियन पाउन्ड बचन हुने बताइएको छ । अर्जेन्टिनी सुपरस्टार एक्लैको कटौतीबाट मात्र क्लबलाई ५ मिलियन युरो बचत हुनेछ । त्यति मात्र होइन मेस्सीले हालै मात्रै कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि भन्दै २ वटा अस्पताललाई १ मिलियन युरो सहयोग गरेका थिए । पिके र बुस्केट्सको पारिश्रमिक कटौतीबाट क्लबलाई झन्डै समान १.५ मिलियन जोगिनेछ ।

रोबेर्टोको पारिश्रमिकबाट झन्डै ७ लाख युरो जोगिने बताएको छ । लुइस स्वारेज र एन्टोनी ग्रिजमन कप्तान नभएपछि उनीहरुको पारिश्रमिकबाट पनि क्लबलाई राम्रै बचत हुनेछ । ग्रिजमनको बाट क्लबले झन्डै २.१ मिलियन प्रति महिना बचत गर्नेछ । त्यस्तै स्वारेजको पाश्रिमिक कटौतीले झन्डै पिके र बुस्केट्सको जति जोगिनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु